आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • होटलको पैसा नदिएको भन्दै एमाले पार्टी कार्यालय बझाङमा तालाबन्दी
समाचार

होटलको पैसा नदिएको भन्दै एमाले पार्टी कार्यालय बझाङमा तालाबन्दी

बझाङ । नेकपा एमाले बझाङको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । बझाङको सदरमुकाम चैनपुरमा सञ्चालन भइरहेको होटल माउन्टभ्यूले एमालेका नेता कार्यकर्ताले ७ वर्ष हुँदा पनि होटलको पैसा नदिएपछि तालाबन्दी गरेको जनाएको छ ।

होटलका सञ्चालक चक्रबहादुर बोहराले लामो समय बित्दा पनि पार्टीलाई र जिल्ला खेलकुद विकास समिति बझाङको संयोजक श्यामप्रसाद जोशीलाई पटक पटक भुक्तानीका लागि अनुरोध गर्दा पनि झुटा आश्वासन मात्रै दिने गरेको हुँदा बाध्य भएर पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए । होटल आर्थिक संकटमा पर्दा पनि आफ्नो भुक्तानी नभएपछि अन्तिम पटकका साथ चेतावनीसहित तालाबन्दी गरेको र फेरि पनि भुक्तानी नभएपछि कानुन बमोजिम अगाडि बढ्ने उनले बताए ।

होटल माउण्टभ्यूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, २०७४ साल सिलदेवी मेलामा जिल्ला खेलकुद विकास समिति बझाङको संयोजक श्यामप्रसाद जोशी र नेकपा एमालेका नेताहरू साँक्षी रही हाम्रो होटलमा अन्तर स्तरीय खेलाडी राखी बसेको र खाएको खर्च कुल पाँच लाख रूपैयाँ पटक पटक पार्टीका नेताहरू र श्याम जोशीलाई भुक्तानीका लागि आग्रह गर्दा झुटा आश्वासन दिई ठग्ने काम गरेको हुँदा हाम्रो होटल आर्थिक रुपमा संकटमा परेको हुँदा यथासिघ्र भुक्तानी गरिदिन हुन अनुरोध गरिन्छ । नदिएको खण्डमा प्रचलित कानुनबमोजिम दाबी गरिने छ । भुक्तानी नहुन्जेलसम्म पार्टी कार्यालयमा अनिश्चित तालाबन्दी गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार