शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • सन नेपाल लाइफको वार्षिकोत्सवमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बजार

सन नेपाल लाइफको वार्षिकोत्सवमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बझाङ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शनिबार बुंगल नगरपालिका वडा नम्बर ६ झापामा रहेको अनाथ बालगृहमा रहेका १३ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको कम्पनीको उपशाखा प्रमुख कुलप्रसाद जोशीले जानकारी दिए ।

जोशीका अनुसार बालगृहमा एक औपचारिक कार्यक्रम गरी प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष गणेशबहादुर कार्कीले बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

बालबालिकाका लागि कापी, कलमलगायतका शैक्षिक सामाग्री प्रदान गरेको जोशीले बताए । उहाँका अनुसार कम्पनीले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार