बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • झनाना नजिकै सेती नदीमा खस्यो ट्याक्टर, दुई जना बेपत्ता
समाचार

झनाना नजिकै सेती नदीमा खस्यो ट्याक्टर, दुई जना बेपत्ता

बझाङ । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बुधबार बिहान पौने १० बजेतिर दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको छ भने चालकसहित अर्का एक जना बेपत्ता भएका छन् ।

ट्याक्टर नम्बर र वेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको उनले बताए । अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोलीले खोजी कार्य गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार