मङ्लबार, भदौ १८, २०८१
  • होमपेज
  • ‘बर्जिने विमान कसले बनायाे ?’
Breaking News

‘बर्जिने विमान कसले बनायाे ?’

जयलक्ष्मी जोशी

बर्जिने विमान कसले बनायाे ?
पल्टिने वहन कसले बनायाे ?

भत्केकाे भित्ताे, बिसाैनी रित्ताे
गाउँबेँसी सुनसान कसले बनायाे ?

बाटाे हेर्दैछिन् ती बुढी आम्मै
छाेराकाे चिहान कसले बनायाे ?

बाजा र माला हर्ष र बढाइ
कैदीलाई सम्मान कसले बनायाे ?

मुर्दाकाे पनि माेल ताेल हुन्छ
लाजमर्दाे इमान कसले बनायाे ?

सत्ता र भत्ता आँखा देख्नका
नसुन्ने कान कसले बनायाे ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार