बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. कुम्भराज जोशीसहित ६ जना चिकित्सक नियुक्त
Breaking News

नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. कुम्भराज जोशीसहित ६ जना चिकित्सक नियुक्त

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलले रिक्त रहेका सदस्य पदमा डा. कुम्भराज जोशीसहित ६ जना चिकित्सकहरुलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ रिक्त स्थानमा डा. जोशीसहित डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. रवीन्द्र श्रेष्ठ र डा. वीरेन्द्रबहादुर प्रधानलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको हो ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप यादवकाअनुसार बिहीबार बसेको क्याबिनेट बैठकले ६ जनालाई सदस्यमा नियुक्त गरेको हो । डा. शाह डिनहरुमध्येबाट नियुक्त भएकी हुन् । उनको कार्यकाल डिन रहुन्जेलमात्रै काउन्सिलको सदस्य हुनेछिन् भने अन्य सदस्यको कार्यकाल चार वर्षको हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार