मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • आगामी आ.व.का लागि करिब १९ खर्बको बजेट ल्याइदै
समाचार

आगामी आ.व.का लागि करिब १९ खर्बको बजेट ल्याइदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज मंगलबार दिउँसो १ बजे प्रस्तुत हुँदैछ । नेपालको संविधानअनुसार आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे प्रस्तुत गर्नेछन् ।

दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री पुनले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख देवराज घिमिरेले आइतबार नै आग्रह गरिसकेका छन् ।

दोस्रोपटक अर्थमन्त्री बनेका पुनले पहिलो पटक बजेट पढ्न लागेका हुन् । यसअघि संविधानसभा म्याद थप नभई विघटन हुँदा उनले बजेट सार्वजनिक गर्न पाएका थिएनन् ।

स्रोतको सीमितताका बाबजुद पुनले उत्पादनमूलक उद्योग, स्टार्टअप र सूचना प्रविधिमूलक उद्योगलाई प्रोत्साहित गर्ने कार्यक्रमसहित करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउन तयारी गरिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार