शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उपनिर्वाचनमा बहुमत ल्याउने गरी प्रचार गर्न कार्यकर्तालाई देउवाको निर्देशन
Breaking News

उपनिर्वाचनमा बहुमत ल्याउने गरी प्रचार गर्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाख १५ मा हुने उपनिर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौं–२ को क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसलाई एक्लै जित्न सक्ने र बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताएका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै देउवाले भने, ‘झन् एक भएर हामी सबै साथीहरु लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।’

यता संस्थापनइतर पक्षले देउवालाई उपनिर्वाचनमा नेतालाई चिन्न नसकेको आरोप लगाएको छ । उपनिर्वाचनमा आकांक्षी भएका सबै नेतालाई पन्छ्याउँदै आफ्ना गुटका नेतालाई टिकट बाँडेका देउवालाई पार्टीले हारेको जिम्मेवारी लिनुपर्ने भन्दै आएका छन् ।

सक्षम उम्मेदवारलाई टिकट नदिएर आफ्नो गुटका भन्दै पराजित भइरहेका उम्मेदवारलाई फेरि टिकट दिँदा पार्टीले जनमत गुमाउने इतर पक्षको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै