बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • लम्तडामा स्वास्थ्य शिविर, २१२ जनाले लिए सेवा
Breaking News

लम्तडामा स्वास्थ्य शिविर, २१२ जनाले लिए सेवा

बझाङ । खप्तडछान्ना गाउँपालिका-३ मा विद्यालय स्तरीय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका-३ को समन्वयमा बिहीबार मेल्तडी मावि लम्तडामा विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा विद्यार्थीको आँखा, कान र दाँतसम्बन्धि चेकजाँच तथा उपचार गरिएको वडाध्यक्ष गौरी अधिकारी रावलले जानकारी दिइन् । उनका अनुसार शिविरबाट २१२ जना विद्यार्थीले सेवा लिएका छन् ।

अधिकारीले बालबालिका स्वस्थ रहे मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्नसक्ने भन्दै शिविर सञ्चालन गरिएको बताइन् । शिविरमा जिल्ला अस्पताल तथा स्थानीय तहका स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार