आइतवार, भदौ १६, २०८१
  • होमपेज
  • दुई युवाले ज्यान गुमाएको घटनाबारे रविले भने : यो राज्यले गरेको हत्या हो’
समाचार

दुई युवाले ज्यान गुमाएको घटनाबारे रविले भने : यो राज्यले गरेको हत्या हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आज बालकुमारीमा दुई युवाले ज्यान गुमाएको घटनालाई ‘राज्यले गरेको हत्या’का रूपमा व्याख्या गरेका छन् ।

“दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,” उनले फेसबुकबाट भनेका छन् ।

लामिछानेले आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने पनि बताएका छन् । “घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला,” उनले भनेका छन् ।

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा आफू मर्माहत भएको उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार