शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ईपीएस परीक्षाको विषयलाई लिएर बालकुमारी प्रदर्शन, दुई जनाको ज्यान गयाे
Breaking News

ईपीएस परीक्षाको विषयलाई लिएर बालकुमारी प्रदर्शन, दुई जनाको ज्यान गयाे

ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे छ ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । उनका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार