मङ्लबार, माघ ८, २०८१
  • होमपेज
  • भूकम्प पीडितका लागि रिड नेपालले दियो खप्तडछान्नामा ३०० त्रिपाल
समाचार

भूकम्प पीडितका लागि रिड नेपालले दियो खप्तडछान्नामा ३०० त्रिपाल

बझाङ । अष्ट्रेलियन हिमालयन फाउन्डेसन सहयोगमा रिड नेपाल तथा एक्सन फर नेपालमार्फत् सञ्चालित पश्चिम नेपाल समृद्ध खप्तडछान्ना परियोजनाअन्तर्गत रिड नेपालले भूकम्प प्रभावित क्षेत्र खप्तडछान्नाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायालाई रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले ३०० वटा त्रिपाल पीडितको लागि हस्तान्तरण गरेका हुन् । जोशीका अनुसार भूकम्पले क्षति भएका विद्यालयमा रिड नेपालले विद्यार्थीको पठनपाठन अवरूद्ध नहोस् भनेर पाँच वटा विद्यालयका १६ वटा अस्थायी कक्षाकोठा निर्माण गर्ने तयारी भएको छ ।

राहत सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष रोकायाले रिड नेपालले विपद्को बेलामा गरेको सहयोगको प्रशंसा गरे । उक्त राहत सामाग्री एकद्धार प्रणालीबाट वितरण गरिने अध्यक्ष रोकायाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार