शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय
Breaking News

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन् । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । शनिबार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । बीबीसीका अनुसार अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो । इमरानको पार्टी तेहरिक-ए-इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् । इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् । खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। उनको पार्टी तहरिक-इ-इन्साफले फैसलालाई ‘पक्षपातपूर्ण’ भन्दै टिप्पणी गरेको छ र त्यस विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ ।

पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् । अदालतले फैसला सुनाइँदा एउटा भिड, जसमा कतिपय मुद्दा दायर गर्ने पक्षका वकिलहरूले पनि थिए, अदालतको भवन बाहिर इमरान खानमाथि चोरीको आरोप लगाउँदै नाराबाजी गरेका थिए । गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए । त्यसयता उनको दलले अधिकारीहरूबाट चरम दबाबको सामना गरिरहेको छ ।

कैयौँ वरिष्ठ नेताहरूले दल छाडेका छन् र खान गिरफ्तार भएपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौँ समर्थकहरू पक्राउ गरिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै