सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
Breaking News

धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ । अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार