बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार जीप दुर्घटना, ३ जना गम्भीर घाइते
Breaking News

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार जीप दुर्घटना, ३ जना गम्भीर घाइते

बझाङ ५ जेठ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार जीप दुर्घटना भएको छ ।

मंगलबार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउँदै गर्दा केदारस्यूँ गाउँपालिकाको बागथलामा मन्त्री सवार ००१ झ ४८० नम्बरकाे जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहसहित ३ जना गम्भीर घाइते भएका छन् ।

‘मन्त्री सिंहसहित तीन जना गम्भीर घाइते हुनुहुन्छ,’ केदारस्यूँ गाउँपालिका उपाध्यक्ष मनिषा धामीले भनिन्, ‘उहाँहरूको रायल स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौं लिन हेलिकप्टरका लागि पर्खेका छौँ ।’

जीप  सडकबाट झण्डै १०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार