शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भए : मुख्यमन्त्री शर्मा
Breaking News

कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भए : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भएको बताए । उनले कानुन जनताका प्रतिनिधिले नभई निश्चित स्वार्थ बोकेका व्यक्ति एवं संस्थाले बनाउने गरेका कारण विकासले गतिलिन नसकेको टिप्पणी गरे ।

नगर विकास कोषले आज आयोजना गरेको कर्णाणी प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री शर्माले सार्वजनिक खरिद नियमावलीमा निर्माण व्यवसायीको र भूमाफिया एवं स्वास्थ्यका कानुनमा मेडिकल माफियाको प्रभाव हुने गरेको खुलासा गरे । संघीय सरकारको गतिविधिप्रति विरोध जनाउँदै उनले कर्णाली प्रदेशमा आवश्यक एक हजार एक सय कर्मचारी नपठाएर सिंहदरबारले अप्ठ्यारो पारेको उल्लेख गरे ।

वित्तीय संघीयता कार्यान्वयनमा संघ र प्रदेश सरकार सफल हुन नसकेको मुख्यमन्त्री शर्माको भनाइ छ । ‘बजेट नै नभएको होइन, आफूसँग भएको साधन स्रोत, सीप, कला, क्षमता सही ढङ्गले परिचालन गर्ने कुशल व्यवस्थापकीय गुण हामीमा रहेनछ,’ मुख्यमन्त्री शर्माले भने, ‘कर्णाली पछाडि परेको यस्तै कारणले हो ।’

नगर विकास कोषले स्थानीय सरकारको क्षमता विकासमा सहयोग पुर्‍याउँदै विकासका नयाँ मोडल स्थापित गर्न सक्ने भएकाले कोषलाई प्राथमिकतामा कर्णालीलाई राख्न उनले अनुरोधसमेत गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार