शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधन
समाचार

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्ने  ताम्राकार निडर र हक्की स्वभावकी थिइन् । लामो समयसम्म रेडियो नेपालमा काम गरेकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार