बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गो लगाउने
समाचार

सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गो लगाउने

काठमाडौं । सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठक पछि सम्वाददाताहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहेका रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गो लगाउने गरी अगाडि बढाइने बताए ।

द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लैजानु सबै राजनीतिक दल तथा सबै पक्षको दायित्व भएको बताए। बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिए ।
यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा अवाञ्छित गतिविधि बढेको प्रति राजनीतिक दल सजग हुनुपर्ने समझदारी बनाएको छ । सडकमा संविधान विपरीत कार्यक्रम क्रियाकलाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुने निष्कर्ष निकालेको पनि नेता लेखकले जानकारी दिए । बैठकपछि संयुक्त विज्ञप्ति निकालेर दलहरुले कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै देशकै महत्त्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पुर्‍याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार