शनिबार, साउन १२, २०८१
  • होमपेज
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा
Breaking News

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश-१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् । यस्तै प्रदेश-१ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।

गृहमन्त्रालयमा कार्यरत सहसचिव उमेश कुमार ढकाललाई मधेश प्रदेशको प्रदेश तथा नीति योजना आयोगमा पठाइएको छ भने गृहकै अर्का सहसचिव प्रेमप्रसाद भट्टराईलाई मधेश प्रदेशको अर्थमन्त्रालयमा सरूवा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार