बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अनेरास्ववियूको केन्द्रीय समितिमा बझाङबाट सात जना निर्वाचित
Breaking News

अनेरास्ववियूको केन्द्रीय समितिमा बझाङबाट सात जना निर्वाचित

बझाङ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा बझाङ जिल्लाबाट सात जना निर्वाचित भएका छन् । जसमा चार जना स्थायी समिति सदस्य र तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा बझाङबाट जयपृथ्वी नगरपालिका–७ स्थायी ठेगाना भएका अमित महर स्थायी कमिटी सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्यमा दुर्गाथली गाउँपालिकाका सदस्य कमल जोशी, बुंगल नगरपालिकाका आरबिक्रम ओखेडा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा जयपृथ्वी नगरपालिका–११ का स्थायी ठेगाना भएका निवर्तमान अनेरास्ववियूका बझाङ अध्यक्ष दिलबहादुर खाती, बुंगल नगरपालिकाकी भूमिका कुँवर, खप्तडछान्ना गाउँपालिका(६ पाटादेवलका उज्ज्वल खड्का र तलकोट गाउँपालिकाकी सर्मिला भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचित भएका सम्पूर्ण सदस्य तथा पदाधिकारीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै पार्टी केन्द्रीय कार्यालयमा सपथ ग्रहण गराएका थिए । अनेरास्ववियुको २३ औं महाधिवेशनबाट काभ्रेको रोसी गाउँपालिका–९ स्थायी ठेगाना भएका समिक वडाल अध्यक्ष, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ति, मर्यादा विष्ट निर्वाचित भएका छन् । संगठनको महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, डा. सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका हुन् ।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । अधिवेशनमा एक हजार ५१७ जनाले मतदान गरेका थिए । महाधिवेशनले आगामी २ वर्षका लागि १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार