शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता
समाचार

आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता

काठमाडौं । आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता भएको छ । दुई कम्पनीबीच आईएमई पे डे एट क्यूएफएक्स नामक अफरका लागि सम्झौता भएको हो। यस अफरअन्तर्गत क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजेर बुधवारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर अवधिभरको हरेक बुधवारको खरिदमा मात्र लागू हुने भएको छ । प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसपछि प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र अफरको फाइदा लिन सक्नेछन्। आउँदो दिनका लागि लाइभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले छुट पाउनेछन् । यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागू भएको छ ।
मङ्गलवार काठमाण्डौमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार