शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मङ्गलवारदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा
समाचार

मङ्गलवारदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध आज सोमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् । आज उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेर्स्याएर प्रदर्शन गरेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले मजदुरमाथि हातपात गरकाले प्रदर्शन चक्काजाम गरेको उल्लेख छ । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीभन्दा प्रहरीले उल्टै मजदुरमाथि बल प्रयोग गरेको उनीहरूको आरोप छ ।

सुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिबाना बढी भएको भन्दै विरोध भएको र यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए। उनका अनुसार मजदुरले माइक्रोलाई पनि बस पार्कभित्र लान पाउनुपर्ने मागसमेत राख्दै आएका छन् । यही विषयमा बसपार्कमा भएको विवादका कारण झडप भएको उनले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार