शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा बढी
समाचार

टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा बढी

विश्व । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा धेरै पुगेको छ । गएको सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् । भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै, १ सय ४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै