काठमाडौं । तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । केही दिन यता लगातारजसो लागेको हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउँसोसम्म नै हुस्सु लाग्ने गरेकाले चिसो बढेको छ । आज पनि दिउँसोसम्म नै हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए । उनका अनुसार यो हप्ताभरी नै तराईको मौसम यस्तै रहने अनुमान छ । मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छन् । तराईमा बाक्लो हुस्सुसँगै चिसो हावासमेत चलिरहेकाले तातो न्यानो भएर बस्न मौसमविद्को सुझाव छ ।
यस्तै, आज हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विनु महर्जनल बताइन । पहाडी क्षेत्रको मौसम भने आज आंशिक बद्ली हुने अनुमान छ ।
फेसबुक प्रतिक्रियाहरु