बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै
Breaking News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन्।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् ।संवैधानिक व्यवस्था अनुसार उनले नियुक्त भएको ३० दिन अर्थात् भोलिसम्ममा विश्वासको मत लिनुपर्दछ ।

आज मुख्यमन्त्रीले विश्वासको मत लिन बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका कारण मुख्यमन्त्री रावललाई समस्या रहेको छ । रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेसँगै नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री रावलको विश्वास रहेको भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेको छ ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

एमाले, माओवादी केन्द्रसहितका दल मिलेर बनेको सत्ता गठबन्धनका प्रधानमन्त्रीसहित अन्य मुख्यमन्त्रीले विश्वासको मत पाए पनि रावल भने संकटमै छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार