बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य
Breaking News

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर रु एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायम छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार