बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै
समाचार

आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । कांग्रेसको भातृ संस्था तरुण दललगायतले आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै आएका छन् । २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । दोषी चश्मा कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त वीपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान साबित भएको थियो । उनको दोषी चश्मा कथा सङ्ग्रह भने २००८ सालमै प्रकाशन भएको थियो । वीपी कोइरालाले श्वेतभैरवी कथासङ्ग्रह, मोदीआइन, बाबु, आमा र छोरा, सुम्निमा, ‘तीन घुम्ती, हिटलर र यहुदी, जेलजर्नललगायत रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि वीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवम् पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । २०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयका रूपमा घोषणा गरिएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालयको मुख्य भवन पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालयलाई पुरानै स्वरूपमा पुनःनिर्माण गरेको पुरातत्व विभागले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार