शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सेती नदीमा बगेर एक जनाको मृत्यु
समाचार

सेती नदीमा बगेर एक जनाको मृत्यु

डोटी – डोटीमा सेती नदीमा बगेर एक जनाको ज्यान गएको छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हो । स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार