शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सकिने
समाचार

मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सकिने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मङ्सिर २६ गतेसम्ममा चुनाव प्रक्रियाका सबै काम सक्ने बताएका छन्। आज शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जिल्लामा चुनावमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनाव प्रक्रियाका सबै काम मङ्सिर २६ गतेसम्म सक्ने तयारी रहेको बताए । उनले मङ्सिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मङ्सिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोके अनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको चुनाव सम्पन्न गरेर आउँदा दिनमा पनि सबै ठाउँमा एकै चरणमा चुनाव सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए । उनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको उल्लेख गरे ।
उनले आफूहरू वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताए । उनले आउँदो संसदमा चुनावसम्बन्धी नयाँ कानुन लैजाने तयारी भइरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार