बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • घाँस काट्दा लडेर घाइते भएकी महिलाको मृत्यु
Breaking News

घाँस काट्दा लडेर घाइते भएकी महिलाको मृत्यु

बझाङ । बझाङमा घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । सुर्मा गाउँपालिका ५ की २७ वर्षीया मालती बोहराको उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै  ज्यान गएको हो ।

आइतबार बिहान गाउँ नजिकैको पातिलेक भन्ने जंगलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते बोहरालाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो । तर, कैलाली लैजाँदै गर्दा वित्थड नपुग्दै बाटोमा ज्यान गएकाे पारिवारिक स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार