आइतवार, पुस ७, २०८१
  • होमपेज
  • २ ठूला गठबन्धनलाई हराउँदै विजयी भएका दीपक सिंह को हुन् ?
Breaking News

२ ठूला गठबन्धनलाई हराउँदै विजयी भएका दीपक सिंह को हुन् ?

बझाङ । बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका सिंह ७/८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौंडा आएका थिए। त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो ।

गत चैतमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै चर्चामा रहेका दीपकबहादुर सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अन्तिम समयमा हारको सामना गरे। उपमहानगरको मेयरमा हारको सामना गरेपछि निरन्तर ग्रामिण भेगमा जनमतको लागि गृहकार्यमा जुटेका सिंह यसपटक प्रतिनिधि सभाको लागि विजयी भएका छन्।

माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन्। दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन्। तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो। २४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ। यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन्। उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन्।

हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सिंह विजयी भएका हुन् । सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए । यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त बुझाएकी छिन्। डिनाले २५ हजार ४२० मत प्राप्त गरिन्। ९१ हजार ४८६ मत खसेकोमा दीपकले २ हजार ३९४ मतान्तरका साथ जित निकालेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार