बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुक्रवार एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिए
समाचार

कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुक्रवार एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिए

कैलाली । कैलालीको धनगढीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुक्रवार एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको छ। महिला मानव अधिकार रक्षक सञ्जाल,ओरेक र दलित महिला अधिकार मञ्चको आयोजना सुरु भएको सो अभियान आज बाट सुरु भएको हो। ुसभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियानु भन्ने नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको हो। अभियान शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा समेत र्‍याली सहित कार्यक्रमको आयोजना गरिएको थियो।

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो। हरेक वर्ष अग्रेजी महिनाको नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट सुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार