बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङमा गठबन्धनका जोशी निर्वाचित
Breaking News

बझाङमा गठबन्धनका जोशी निर्वाचित

बझाङ । बझाङमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी निर्वाचित भएका छन् ।

सुरूवातीदेखि नै अग्रता लिएको नेकपा एमालेले आधा मत गणनापछि पछि परेको हो । लगातार प्रतिष्पर्धामा गएको निर्वाचन पछिल्लो चरण ९९८ सयभन्दा बढी मतले अग्रता लिइरहेको थियो ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवका अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले २७ हजार १४५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार भानुभक्त जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ बाट गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले ३ हजार ७७६ मतले विजयी भए । उनले १७ हजार ११३ मत प्राप्त गरे भने एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार