आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बझाङमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा
Breaking News

बझाङमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा

बझाङ । बझाङमा सुरूवातीदेखि नै एमालेले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले सुरूवातदेखि नै २ हजार ४ सय मत गन्दासम्म अग्रता लिएका छन् ।

अहिलेसम्मको मत परिणामअनुसार एमालेका महरले १ हजार २०८ र बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशीले १ हजार १२६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा १ मा पनि कडा प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंहले १ हजार २०६ मत प्राप्त गरेका छन् भने एमालेका अफिलाल ओखेडाले १ हजार १०५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा पनि प्रतिष्पर्धा नै देखिएको छ । एमालेका एलबी रावल ९३ मतको अन्तरले गठबन्धनका भीम भण्डारीभन्दा अगाडि छन् । भण्डारीले ७६६ मत ल्याउँदा रावलले ८५९ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार