बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी
Breaking News

कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताएका छन् । मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने उनले बताए ।

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार काम अगाडि बढाउने छु ।’

मतदाताकै चाहना अनुसारको काम गर्ने उनको भनाइ थियो । उनी २३ हजार १२० मतसहित विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ र नेकपा एमालेका उम्मेदवार गौरी शंकर चौधरीले ९८७४ मत पाए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार