शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मतदानकै लागि पाँच दिन हिँडेर खलंगा आए तिङ्कर-छाङरुवासी
समाचार

मतदानकै लागि पाँच दिन हिँडेर खलंगा आए तिङ्कर-छाङरुवासी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका -१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा पुगेर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९/३० गते नै सदरमुकाम आइपुगेका थिए ।

उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् । तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास -१ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार