शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • आज देशभरको मौसम सामान्यता सफा
समाचार

आज देशभरको मौसम सामान्यता सफा

आज देशभरको मौसम सामान्यता सफा रहने मौसमविद्ले बताएका छन् । आज प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतदान सुरुभएको छ । चुनावका लागि मौसम पनि अनुकूल बनेको छ । अहिले केही ठाउँको मौसम आंशिक बदली भए पनि बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आज पानी पर्ने र भारी हिमपात हुने सम्भावना छैन । तर चिसो बढिरहेकाले भोट हाल्न जाँदा र मतदान केन्द्रमा खटिँदा ध्यान दिन मौसमविद्को सुझाव छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारी तथा मतदातालाई चिसोबाट जोगिन मौसमविद्ले सचेत गराएका छन् । चिसोले स्वास्थ्यमा असर गर्ने भएकाले न्यानो कपडा लगाउन र मन तातो र झोलिलो खानेकुरा खान डाक्टरले पनि सुझाव दिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार