आइतवार, जेष्ठ ५, २०८२
  • होमपेज
  • महापुरुष चौथो हप्तामा पनि सफलताका साथ प्रदर्शन
समाचार

महापुरुष चौथो हप्तामा पनि सफलताका साथ प्रदर्शन

काठमाडौं । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष चौथो हप्तामा पनि सफलताका साथ प्रदर्शन भइरहेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि तेस्रो हप्ता पार गरेर चौथो हप्तामा प्रवेश गरेको हो।

सामाजिक कथावस्तुमा बनेको कमेडी ड्रामा महापुरुषले बक्स अफिसमा आठ करोडभन्दा बढी कमाइ गरिसकेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म दृश्यम २ का कारण मल्टिप्लेक्सका केही शो कटौती भए पनि पाएका सबै शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ। शुक्रबारका सबै शोमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको फिल्ममा शनिबार भने सबैजसो शो हाउसफुल रहेका छन्। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्म बलियो वर्ड अफ माउथका कारण चौथो हप्तामा पनि दर्शकको उपस्थिति उच्च रहेको हो। यो हप्ता समेत गरी फिल्मले साढे ८ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् भने रवीन्द्रसिंह बानिया कार्यकारी निर्माता हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार