बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सम्पन्न
Breaking News

प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सम्पन्न

काठमाडौं  । भोलि देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ । निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावको सम्पूर्ण तयारी सम्पन्न भएको बताए । योसँगै मतदान केन्द्रको तयारी पनि सम्पन्न भइसकेको छ । मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । यही व्यवस्थाअनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले बताए।

देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ । चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार