बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पश्चिमी वायु बाहिरिने क्रम सुरु
समाचार

पश्चिमी वायु बाहिरिने क्रम सुरु

काठमाडौं । पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिए ।उनका अनुसार भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार