बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो
Breaking News

बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ३ भुर्तुलाको भीरमुनिमा बुधबार साँझ बोलेरो जिप दुर्घटना हुँदा चालकको ज्यान गभएको छ भने ५ जना सिकिस्त भएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नं को बोलेरो दुर्घटना हुँदा चालक जलजला–२ का ३० वर्षीय डम्बरबहादुर नेपालीको ज्यान गभएको हो। १२ जना यात्रु चढेको बोलेरो दुर्घटना हुँदा सिकिस्त घाइते भएका ५ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने ४ जना सामान्य घाइतेको म्याग्दी अस्पतालमा उपचार भैरहेको जनाइएको छ।
घाइतेमध्ये बेनी अस्पतालमा प्राथमिक उपचारपछि १५ वर्षका आशिष नेपाली, ३० वर्षका सुमन नेपाली, ४० वर्षकी माया दमाई, १२ वर्षकी सजना परियार र सिर्जना परियारलाई थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।

घाइतेमध्ये २० वर्षकी प्रियङ्का बोहरा, १३ वर्षकी यशोधा परियार, २३ वर्षका रोशनसिङ रत्न, १६ वर्षका नविन बर्देवा, १२ वर्षको सन्देश रत्न, १४ वर्षका अजित परियार, १४ वर्षका सज्जन परियार र १६ वर्षकी विनिता परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ।

जनप्रतिनिधि, प्रहरी र स्थानीयले बोलेरो दुर्घटनाका घाइतेको उद्धार गरी बेनी अस्पताल ल्याएका थिए। उकालोमा ब्रेक फेल भएर अनियन्त्रित भएपछि बोलेरो सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार