शनिबार, भदौ २९, २०८१
  • होमपेज
  • नेपाल टेलिकमको आम्दानी बढ्यो
अर्थ

नेपाल टेलिकमको आम्दानी बढ्यो

काठमाडौं । नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।

यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नौ अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएको वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ ।

साउनदेखि असोजसम्म दुई अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा भएको र यो अघिल्लो वर्षको तीन महिनाको तुलनामा तीन करोड ४३ लाख रुपैयाँले थोरै भएको टेलिकमले जनाएको छ । भ्वाइस सेवाको प्रयोग घट्दो र मोबाइल डाटा किन्नेहरू बढ्नु, अरू कम्पनीमा हुने अन्तर–आबद्धता कल घट्नु, मौसम प्रतिकूलताका कारण बिजुली आपूर्तिमा कमी आएर सेवा प्रभावित हुनु लगायतका कारण नाफामा कमी आएको टेलिकमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार