शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भूकम्पको केन्द्र पाटादेवलमा बाहिर बस्न प्रहरीको माइकिङ
Breaking News

भूकम्पको केन्द्र पाटादेवलमा बाहिर बस्न प्रहरीको माइकिङ

बझाङ । शनिवार साँझ खप्तडछान्ना गाउँपालिका-६ पाटादेवलमा केन्द्र भएर गएको भूकम्पपछि प्रहरीले बाहिर बस्न माइकिङ गरेको छ ।

पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार मंगलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । ‘मंगलबार राति आएको भूकम्पले चर्किएका घरहरु आजको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ,’ प्रहरी निरीक्षक बमले भने । उहाँका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।

खप्तडछान्ना -५ पिठातोलामा मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मंगलबारको भूकम्पमा चर्किएका घरहरू थप चर्किएपछि भागाभाग भएको स्थानीय कुलप्रसाद जोशीले बताए । उनका अनुसार पिठातोलामा त्रिपाल टाँगेर खुला ठाउँमा बसेका छन् ।

यता जिल्ला सदरमुकाम चैनपुरमा पनि बझाङमा पनि दर्जनौं मान्छे सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा रात बिताउने भन्दै भएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार