शनिबार, साउन १२, २०८१
  • होमपेज
  • गुणस्तरीय शिक्षाको लागि विद्यालयमा प्रविधि सामाग्री हस्तान्तरण
Breaking News

गुणस्तरीय शिक्षाको लागि विद्यालयमा प्रविधि सामाग्री हस्तान्तरण

प्रदीप मलासी

बझाङ । बिद्यार्थीको क्षमता बृद्घि र शिक्षाको गुणस्तर बिकासका लागि प्रबिधि हस्तान्तरण र संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षामा स्थायित्व अभिबृद्घि परियोजना अन्तरगत आज जयपृथ्वी नगरपालिका ९मा रहेको जालपा उच्च मा बि र वडा नम्बर ६ मा रहेको भवानी मा बि नौराको सुचना केन्द्र अनुगमन तथा बिद्यालयलाई आवाश्यक प्रबिधि सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको तलकोट गाउपालिका र जयपृथ्वी नगरपालिकामा संचालित यो परियोजनाले जयपृथ्वी नगरपालिका जम्मा ७ वटा माध्यामिक बिद्यालयमा शिक्षामा स्थायित्व अभिबृद्घि परियोजना लागु भएको हो । अष्टेलियन सरकार डिफयाक्टको आथिक सहयोग र रीड नेपाल द्घारा संचालित शिक्षामा स्थायित्व अभिबृद्घि परियोजना अन्तरगत बिगत १४ महिना देखि शिक्षण सिकाई सहजिकरण गर्ने खालका कार्यक्रम गर्दै आइरहेको छ ।

या परियोजनाले रेडियो सिकाई कार्यक्रम अन्तरगत कोभिड १९ को महामारीको समयमा बिद्यालय बन्द रहेका बेला बिद्यार्थीको पढाईमा आएको समस्याको समाधान गर्न जयपृथ्वी नगरपालिका र तलकोट गाउपालिका संग समन्वय गरि ११ वटा माध्यामिक बिद्यालयका केही बिद्यार्थी लाई रेडियो स्रोता सामाग्री बितरण तथा रेडियो कक्षा संचालन मार्फत सिकाई गतिबिधि संचालन गरिएको शिक्षा फिल्ड अधिकृत उमा भट्ट बताउनु भयो ।

शिक्षा जिवन उपयोगी सिप भएकाले यसको महत्व बुझेर अघि बढनुका साथै शिक्षाको गुणस्तरमा दिने शिक्षक आफनो नजिक र प्यारो हुने जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजालले बताए । शिक्षा वाटै मानव जिवनको धेरै कुरा सिक्न सकिने भएकाले बिद्यालयको अनुशासन र पठनपाठनमा बिशेष ध्यान दिन शिक्षकहरु लाई निर्देशन गरेका छन । मानब बहुमुखि प्रतिभाको धनी भएकाले बिद्यालय स्तर देखि नै सिकेका कुराहरुले जिवन उपयोग गर्न सिकाउने प्रमुख बजालले बताए ।

रीड नेपाल द्घारा संचालित यो परियोजनाले बिद्यालयको सुधार र बिद्यार्थीको दैनिकी व्यवहार बिकासमा ठुलो भुमिका खेलेकोले आगामी दिनमा सहित यो कार्यक्रमले थप काम गर्ने अवसर प्राप्त गरे बिद्यालय बिद्यार्थीको जिवनस्तरमा सुधार हुने वडा नम्बर ६ का वडाध्यक्ष नरेनद्र बहादुर सिंहले बताए । भवानी माध्यामिक बिद्यालयले कुनै पनि चिठ्ठी पत्र र सुचना प्रकासन गर्दा हातले नै लेख्नु पर्ने अवस्थाको भएका बेला छिटो छरितो माध्यामको रुपमा रहेको प्रबिधि कम्युटर प्रिन्टर लगाएतका उपकरण प्राप्त गर्न पाउदा भवानी माध्यामिक बिद्यालय नौरा निकै हर्षित भएको वडाध्यक्ष सिंहले बताए ।

सुचना केन्द्रको संचालनले बिद्यार्थीको दैनिक अभ्यासमा लगनशिता ल्याएकोले रीड नेपाल द्घारा संचालित शिक्षामा स्थायित्व अभिबृद्घि परियोजना बिद्यार्थी सिकाईका लागि निकै उपयुक्त क्रियाकलाप भएको जालपा उच्च माध्यामिक बिद्यालय देवलका प्रधानाध्यापक उत्तम बहादुर मल्लले बताए । ताजा र नयाँ कुराको जानकारी सहित पाठ्यक्रममा केद्रित परियोजना भएकोले शिक्षक बिद्यार्थीको जिवनस्तर माथी उकास्नमा ठुलो टेवा पुर्याएकोमा रीड नेपाल बझाङ्ग लाई प्रधानाध्यापक मल्लले धन्यवाद व्यक्त गरेका छन ।

भवानी माध्यामिक बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अथिति जयपृथ्वी नगरपालिका बझाङ्गका मेयर चेतराज बजाल रहनु भएको थियो । बिगत २ वर्ष देखि कार्यक्रम गर्दै बिद्यालयको आवाश्यकतामा आधारित हुदै रीड नेपालले आज बिद्यालय स्वयम मुल्याङकनका आधारमा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल वाट प्रबिधिका सामाग्री हस्तान्तरण गरि परियोजनाले बिद्यालयमा पुर्याएको योगदान र कार्यको अनुगमन गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार