बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मंगलबार मध्यरातिको भूकम्पपछि २ सयभन्दा बढी पराकम्प
समाचार

मंगलबार मध्यरातिको भूकम्पपछि २ सयभन्दा बढी पराकम्प

सुदूरपश्चि प्रदेश । सुदूरपश्चिममा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि दुई सयभन्दा बढी पराकम्प गइसकेको छ। आज दिउँसो १ बजेसम्म दुई सयभन्दा बढी पराकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको हो।

मापन केन्द्रका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। मापन केन्द्र  सुर्खेतले लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठुला भूकम्प गएका र तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय परकम्प गइसकेका बतायो।

भूकम्पछि पराकम्पनहरू आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार