शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • भोलिदेखि राजनीतिक दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने
Breaking News

भोलिदेखि राजनीतिक दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाडौं । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरेका छन् । प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए।

अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए । यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार