शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंका ६५ रनले पारजित
समाचार

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंका ६५ रनले पारजित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो । श्रीलंकाका लागि दासुन सनाकाले ३५ र भानुका राजापाक्षेले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार तथा मिचेल सान्टनर तथा इश सोधीले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सात विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

उसका लागि ग्लेन फिलिपले एक सय ४ रन बनाए । उनी अहिले चलिरहेको विश्वकपमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।बलिङतर्फ श्रीलंकाका कसुन रजिताले दुई तथा लाहिरु कुमारा, वनिन्दु हसरंगा, धनञ्जय दि सिल्भा र महिस थिकसनाले एकरएक विकेट लिए । समूह ‘१’ मा न्युजिल्याण्ड तीन खेलमा पाँच अंक जोडेर शीर्ष स्थानमा छ । श्रीलंका तीन खेलमा दुई अंकसहित पाँचौ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार