शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वारा मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्य तीव्र
समाचार

निर्वाचन आयोगद्वारा मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्य तीव्र

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानीको कार्यलाई तीव्रता दिएको छ।

आयोगले विभिन्न ५७ प्रकारका निर्वाचन सामाग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य सुरु गरेको हो। आजबाट सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको आयोगले जनाएको छ। अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने आयोगले जनाएको छ। निर्वाचन अधिकृतले सम्बन्धित मतदान अधिकृतलाई बुझाउने छन्। आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार