सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • ४० अर्ब थपियो बैंकहरुको निक्षेप
अर्थ

४० अर्ब थपियो बैंकहरुको निक्षेप

काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ३० असोजमा बैंकहरूको कुल निक्षेप ५१ खर्ब २९ अर्ब पुगेको छ । ३१ भदौ २०७९ मा कुल निक्षेप ५० खर्ब ८९ अर्ब रहेको थियो ।

एक महिनाको अवधिको बैकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जबकी सोही अवधिमा कर्जा भने १ अर्बले घटेको छ । ३१ भदौ २०८९ मा ४७ खर्ब २३ अर्ब रहेको कर्जा लगानी ३० असोजमा ४७ खर्ब २२ अर्बमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपमा वृद्धि र कर्जा लगानीमा गिरावट हुँदा साढे ८७ प्रतिशत भन्दा माथि रहेको सीडी रेसियो (कर्जा–स्रोत परिचालन अनुपात) एक महिनामा ८७ प्रतिशतभन्दा तल झरेको छ ।

वाणिज्य बैंकहरुको मात्र अध्ययन गर्दा एक महिना अवधिमा कर्जा लगानी ८ अर्बले घटेको देखिन्छ । ३१ भदौमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा लगानी ३० असोजमा घटेर ४१ खर्ब ८२ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरुको कुल निक्षेप ३१ भदौमा ४४ खर्ब ८६ अर्ब रहेकोमा ३० असोजमा आउँदा ३२ अर्बले बढेर ४५ खर्ब १८ अर्ब पुगेको छ । असोजमा बैंकहरुले कर्जा असुलीलाई प्राथमिकतामा राख्ने र कर्जा लगानी अत्यवश्यक बाहेक पूर्ण रुपमा रोकिंदा कर्जा लगानी संकुचित भएको बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघका कार्यकारी सदस्य तथा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार निक्षेपमा वृद्धि र कर्जा लगानी संकुचित गर्दा सीडी रेसियो घटेको र केही सहज अवस्था बनेको छ । बैंकिङ क्षेत्र सुधारतिर गएको हो कि जस्तो देखिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार