बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जीप दुर्घटनामा घाइते भएकालाई तलकोट गाउँपालिकाले उपचारका लागि २ लाख रुपैयाँ दिने
Breaking News

जीप दुर्घटनामा घाइते भएकालाई तलकोट गाउँपालिकाले उपचारका लागि २ लाख रुपैयाँ दिने

बझाङ । बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्च स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

मष्टा गाउँपालिका–१ तुफानडाँडामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ७ जनाको घट्ना स्थलमै ज्यान गएको हो भने गम्भीर घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा ज्यान गएपछि मृतकको संख्या आठ पुगेको हो। १७ जना घाइते भएकाहरुको उपचार भइरहेको छ । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन्।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गापा-२ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गापाको तुफानडाँडामा दुर्घटना भएको थियो।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जीप दुर्घटनामा परेको हो। कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। जीप सडकबाट २ सय मिटर तल खसेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार