बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बझाङमा जीप दुर्घटना (अपडेट) : ७ जनाको मृत्यु, १६ जना घाइते, सबैको पहिचान खुल्यो
Breaking News

बझाङमा जीप दुर्घटना (अपडेट) : ७ जनाको मृत्यु, १६ जना घाइते, सबैको पहिचान खुल्यो

बझाङ । बझाङमा भएको जीप दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । जिल्ला सदरमुकामबाट मष्टा गाउँपालिका–१ तुफानडाँडा गइरहेको जीप दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाए भने १६ जना घाइते छन् ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्र्षीय बसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय बीरेन्द्र अधिकारी, ७ महिनाकी दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका–७ कञ्चनपुरका ४२ वर्र्षीय झरेन्द्र बोहरा रहेका छन् ।

त्यस्तै घाइते हुनेहरूमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, सोही ठाउँकी १३ वर्षीय रोशनी धामी, मष्टा गाउँपालिका गाञ्जीका सिद्धबिर बुढा, मष्टा गाउँपालिका १ बस्ने ३२ वर्षीय राजेश रोकाया (गाडी चालक, साहु), ४ वर्षीय सिम्रन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, मष्टा २ का ७ वर्षीय अनिष ओखेडा, ६३ वर्षीय मणीबहादुर सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ३६ वर्षीय सन्तोष सिंह, मष्टा २ तीनगाउँका ७५ वर्षीय बीरबहादुर खड्का, २२ वर्षीया हेमन्ती सिंह, १० वर्षको विशाल खड्का र २२ वर्षीय ईश्वर ओखेडा रहेका छन् । त्यसमध्ये ५ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।

बुधबार जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार